संघीय लोकततान्त्रिक गणतन्त्र नेपालको संघीय राजधानी काठमाण्डौं जिल्लाको पश्चिममा अवस्थित जिल्ला कै ऐतिहासिक मन्दिर हल्चोक भैरवको नामबाट नामाकरण गरिएको यस विद्यालय २०३७ सालमा एस.सी.आई. नामको क्लबको सक्रियतामा तत्कालिन इचङ्गु नारायण गा.वि.स. (हाल नागार्जुन न.पा. वडा नं. ३) हल्चोकमा एक कोठाको भवन निर्माण गरी यस क्षेत्रमा स्थायी बास गर्ने जनजातीहरु (पुतुवार, नगरकोटी,राजबाहक) का छोराछोरीहरुलाई सामान्य साक्षर बनाउने उद्देश्य लिएर पाठशालाको रुपमा स्थापना गरएको थियो । तत्कालिन प्रधानपञ्च स्वर्गीय भक्त बहाहादुर लामा र प्रधानाध्यापक श्री केशव नेपालको सक्रियतामा आवश्यक प्रकृया पुरा गरी २०३९ साल फागुन १ गते बाट पाठशालाको रुपमा स्थापित विद्यालय नै हालको श्री हल्चोक माध्यमिक विद्यालय हो ।
यस विद्यालयले स्थापना काल देखि नै हाल सम्म यस क्षेत्रमा शिक्षाको ज्योति फैलाउँदै शैक्षक जनशक्ति उत्पादन गर्दै आएको छ । यस विद्यालयले विधिवत रुपमा अनुमति प्राप्त गरे पश्चात विभिन्न प्रकारका आरेह, अवरोह (आर्थिक, सामाजिक र भौतिक) पार गर्दै अभिभावक र विद्यार्थीहरुको माग अनुसार २०५० सालमा नि.मा.वि. तह र २०६२ सालबाट मा.वि. तह स्वीकृति प्राप्त गरी २०६३ सालबाट एस.एल.सी परीक्षामा सम्मिलित भई उत्र्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
विगतका समयमा झै नागार्जुन, गैर सरकारी संघ संस्था, नेपाल सरकारका निकायहरु, चन्दा दाताहरु, शिक्षा प्रेमीहरुबाट सहयोग, साथ, समर्थन प्राप्त भएमा ११,१२ सञ्चालन गरी गाउँमै कक्षा १२ सम्म अध्ययन गराउने लक्ष्य लिएका छौँ ।
विद्यालय भनेको शैक्षिक उन्नयन र विकासको थलो हो । विद्यालय भित्र सञ्चालन गरिने शैक्षिक गतिविधिहरुले उक्त विद्यालयको पहिचान स्थापित गर्न सक्छ । समय र सन्दर्भ अनुसार शिक्षणका विधि र प्रक्रियाहरुमा पनि सुधार गर्दै जानुपर्ने हुन्छ । हाल विद्यालयको भौतिक पाटोमा विद्यालयको घेराबार र खेलमैदान बाहेक अन्य पाटाहरु सबल रहेका छन् ।
विद्यालयमा पुस्तकालय, प्रयापेगशाला, व्यवस्थित बालविकास केन्द्र, बालमैत्री वातावरणमा सिकाई भइरहेको छ । लगनशील, इमान्दार क्रियाशील शिक्षक तथा स्टाफका कारण सिकाइमा सुधार भैरहेको देखिन्छ । विद्यालयमा टिचिङ र नन टिचिङ स्टाफ गरी जम्मा २२ जना जनशक्ति द्वारा दैनिक कार्य सञ्चालन गरिदै आएको छ । वि.व्य.स., शि.अ.स, शिक्षक स्टाफका बीच सहकार्य हुने गर्दछ ।
२१औ शताब्दी विज्ञान प्रविधिको युग भएकोले शिक्षणमा प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकता महसुस गरी नवीनतम शिक्षण प्रविधिलाई शिक्षण सिकाई कार्यमा प्रयोग गरी पठनपाठन सञ्चालन गरिएको छ । ज्ञान सीपको खोजीका गागि इन्टरनेट, इ पुस्तकालय र विभिन्न वेभसाइटको प्रयोग गर्न सकिने अवस्था रहेको छ । यस्तो सन्दर्भमा विद्यालयले वेभसाइट मार्फत सार्वजनिक गर्न पाउँदा सबैमा खुसी र आभार व्यक्त गर्न चाहन्छौँ ।
अन्त्यमा विद्यालय स्थापनाकाल देखि हालसम्म प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग पु¥याउँदै आउनुभएका जगगादाता, चन्दादाता, संस्थापक, वि.व्य.स., शि.अ.स. पदाधिकारी एवं शिक्षक कर्मचारी, विद्यार्थी एवं अभिभावक वर्ग सबैमा समयानुकुल परिवर्तन हुँदै विद्यालयको चौतर्फी विकासमा लाग्न आग्रह गर्दै यो वेभसाइट निर्माण गर्न सहयोग गर्ने हाम्रा भाई नरेश ढकाललाई विशेष धन्यबाद एवं आभार व्यक्त गर्दछु । यो वेभसाइट मार्फत विद्यालयका सम्पूर्ण शैक्षिक एवं व्यवस्थापकीय, शिक्षक तथा विद्यार्थीहरुका नवीनतम सिर्जनाहरु समेत प्रकाशित गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
धन्यवाद
Tym, co od razu rzuca się w oczy w neon54 casino, jest staranność w podejściu do własnych graczy. Spersonalizowany pasek rekomendacji sugeruje pasujące gry na podstawie dotychczasowego zachowania. Uwierzytelnianie dwuskładnikowe zwiększa ochronę przed nieautoryzowanym dostępem do konta. Obsługa klienta dostępna jest przez całą dobę na czacie na żywo i odpowiada zazwyczaj w ciągu kilku minut. Miłośnicy jackpotów znajdą szeroki wybór progresywnych automatów z pulami sięgającymi czasem siedmiu cyfr. Mobilne bonusy i ekskluzywne akcje nagradzają regularne korzystanie ze smartfona. Promocje Drop-and-Win rozdają codziennie nagrody na wybranych slotach wśród aktywnych graczy. Gracze mają możliwość zmierzenia się ze sobą w bezpośrednich pojedynkach. Wielojęzyczni krupierzy zapewniają, że również polskojęzyczni gracze są dobrze obsługiwani. Wysoka jakość wykonania przemawia za trwałymi inwestycjami w cały projekt.
ज्ञानदा अधिकारी
प्रधानाध्यापक
नागार्जुन–३, हल्चोक, काठमाडौँमा अवस्थित हल्चोक माध्यमिक विद्यालय, आधुनिक प्रविमैत्री एक प्रतिष्ठित विद्यालय हो। हामी हाम्रा विद्यार्थीहरूलाई व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष एवं चरित्रवान् नागरिक बनाउन समर्पित छौँ।
© 2026 Halchowk Secondary School