शिशु कक्षा

उज्यालो भविष्यको पहिलो पाइला

खेल्दै, सिक्दै, हुर्कदै

यस विद्यालयमा शिशुकक्षालाई केवल अक्षर चिनाउने ठाउँको रूपमा मात्र नभई बालबालिकाको सर्वाङ्गीण विकास गर्ने ‘मन्टेश्वरी पद्धति’ मा आधारित सिकाइ केन्द्रको रूपमा विकास गरिएको छ।

हाम्रा विशेषताहरू:
  • खेलमैदान र मनोरञ्जन: बालबालिकाहरूलाई खेलकै माध्यमबाट सिक्ने वातावरण प्रदान गर्न पर्याप्त खेलकुदका सामग्री र सुरक्षित खेलमैदानको व्यवस्था।

  • आधुनिक सिकाइ पद्धति: अडियो-भिडियो (Audio-Visual) र डिजिटल प्रविधिको प्रयोग गरी रमाइलो ढङ्गले अक्षर र अंकको ज्ञान।

  • मायालु वातावरण: दक्ष, अनुभवी र ममतामयी शिक्षिकाहरूद्वारा प्रत्येक बच्चालाई व्यक्तिगत ध्यान र केयर।

  • संस्कारको जग: सानै उमेरदेखि नै नैतिक शिक्षा, अनुशासन र हाम्रा मौलिक संस्कारहरूको जग बसाल्ने प्रयास।

  • स्वच्छ र सुरक्षित कक्षाकोठा: बालबालिकाहरूका लागि उपयुक्त हुने गरी सजाइएका, उज्याला र बालमैत्री कक्षाकोठाहरू।

परिचय

नागार्जुन–३, हल्चोक, काठमाडौँमा अवस्थित हल्चोक माध्यमिक विद्यालय, आधुनिक प्रविमैत्री एक प्रतिष्ठित विद्यालय हो। हामी हाम्रा  विद्यार्थीहरूलाई व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष एवं चरित्रवान् नागरिक बनाउन समर्पित छौँ।

थप जानकारी

विद्यालयको बारेमा

सुविधाहरु

लक्ष्य तथा उद्देश्य

शिक्षक कर्मचारी विवरण

जोडिनुहोस्

डाउनलोड

विद्यालय सुधार योजना

लाइब्रेरी

सम्पर्कः

© 2026 Halchowk Secondary School