काठमाण्डौ. जिल्लाको पश्चिम तर्फ अवस्थित श्री नागार्जुन न.पा. वडा नं –३ हल्चोक स्थित यस श्री हल्चोक माध्यमिक विद्यालय २०३७ सालमा एससी आइ नामको क्लबको सक्रियतामा एक कोठाको (ढुङ्गाको गारो र टिनको छाना) भवन निर्माण गरी यस क्षेत्रमा स्थायी बसोबास गर्ने शोषित पिडित र आर्थिक विपन्नतामा पिल्सिएका अभिभावकका बालबालिकाले औपचारिक शिक्षाबाट वन्चित हुन नपरोस भनि निजि स्रोतमा (क्लबको सहयोग ) सञ्चालन भएको हो ।तत्कालिन प्रधानपञ्च स्वर्गीय श्री भक्त बहादुर लामाको सक्रियतामा आवश्यक प्रकृया पूरा गरी २०३९ साल फागुन १ गते देखि जि.शि.का. काठमाण्डौंबाट अनुमति प्राप्त गरे पछि विधिपूर्वक आफ्नो परिचय स्थापित गरेको विद्यालय विभिन्न प्रकारको आरोह अवरोह ( आर्थिक , सामाजिक ,भौतिक ) पार गर्दै अभिभावक तथा विद्यार्थीको माग अनुसार २०५०सालमा नि.मा. वि. तह र २०६२ सालबाट मा.वि. तह स्वीकृत गरी २०६३ सालबाट एस.एल.सी.परीक्षामा सामेल भई ८०% देखि १००% सम्म विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो ।
संस्थागत विद्यालय प्रति आकर्षण बढीरहेको वर्तमान अवस्थामा सार्वजनिक विद्यालयलाई गुणात्मक बनाउन अत्यन्त चुनौतिपूर्ण छ तर पनि यो चुनौति सामना गर्न विद्यालय हालसम्म सक्षम बनेको छ । प्रायःजसो दूरदराजबाट निम्नवर्गीय र यस क्षेत्रका निम्न स्तरका विद्यार्थी पढ्ने सामुदायिक विद्यालयले उत्पादन गरेका विद्यार्थीहरु उच्च शिक्षामा निजि विद्यालयबाट उत्पादित विद्यार्थीसँग प्रतिस्पर्धा गर्नुपर्ने वाध्यता छ । यस्तो अवस्था विद्यार्थीहरु प्रतिस्पर्धी बन्न सकुन भन्ने उद्देश्यले यस विद्यालयमा कक्षा १ देखि ८सम्म थपअंग्रेजी विषयको पठन पाठन गर्नुका साथै अन्य कक्षाहरुमा अतिरिक्त विषयहरु गणित, विज्ञान,जि.के. आदी विषयहरु अध्यापन गराउने व्यवस्था गरेकोमा प्रत्येक वर्ष यस कार्यक्रमलाई निरन्तरता दिने योजना निर्माण गरी कार्यान्वयन तर्फ अघि बड्दै छौं । आजको २१ औं शताब्दीको युग सूचना र प्रविधिको युग भएको हुँदा यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कोरा कितावी ज्ञानले मात्र पुग्दैन भनि कम्प्युटर र नेटको ज्ञान दिने लक्ष्य अनुसार केहि थान कम्प्युटर खरिद गर्ने उद्देश्य राखिएको छ ।साथै यस विद्यालयमा विद्यार्थीका लागि आवश्यक भौतिक पूर्वाधारहरु (भवन ,डेक्स ,बेन्च ,शौचालय , खानेपानी , पुस्तकालय ,विज्ञान प्रयोगशाला आदि ) आवश्यकता अनुसार निर्माण गर्दै गएका छौं। साथै यस विद्यालयले २०६४ साल देखि खुला विद्यालय अन्तर्गत मा.वि. र नि.मा.वि.दुबै तर्फको कक्षा समेत संचालन गर्दै आएको छ । यस विद्यालयमा २ वटा पक्की र ३ वटा ट्रस्ट समेत १३ वटा कोठा , एउटा हल र शौचालय छन् यस विद्यालयमा करीब २५२ जना छात्र ÷छात्रा अध्ययनरत हुनुका साथै ३ जना कर्मचारी र २० जना शिक्षक रहेको छ ।
Przy ocenach kasyn online lilibet regularnie pojawia się w górnych pozycjach istotnych rankingów. Zapytania e-mailowe są z reguły przetwarzane w ciągu 24 godzin. Strona kasy szyfruje wszystkie transakcje protokołem SSL na bankowym poziomie. Biometryczne logowanie, takie jak odcisk palca czy Face ID, jest obsługiwane. Zewnętrzne audyty regularnie kontrolują prawidłową wypłatę wygranych. Szybkie przełączanie między trybem demo a prawdziwych pieniędzy jest możliwe jednym kliknięciem. Poziomy VIP różnią się procentami cashback, limitami wypłat i ekskluzywnymi bonusami. Najważniejsze nowości są prezentowane w widocznym miejscu na stronie głównej. Ciągły rozwój pozwala przypuszczać, że kasyno pozostanie istotne jeszcze przez długi czas.
काठमाण्डौं जिल्ला अन्तर्गत महानगर पालिका वडा नं १५ र १६ को पश्चिम र नागार्जुन जंगलको दक्षिण र सितापाईलाको उत्तर तर्फ हल्चोक भैरव मन्दिरको दक्षिण तर्फ डाँडामा अवस्थीत यस श्री हल्चोक माध्यमिक विद्यालयको भौगोलिक अवस्था,हावा पानीको दृष्टिकोणले उपयुक्त रहेको छ ।
अञ्चल : वाग्मति
जिल्ला : काठमाडौं
नगरपालिका : नागार्जुन
वडा नं. : ३
टोल : हल्चोक
स्थान : विश्व सम्पदा क्षेत्र स्वयम्भुको पश्चिमतर्फ
यस नागार्जुन न. पा. वडा नं ३ अन्तर्गत स्थायी रुपमा वसोवास गर्ने जनजातिहरुमा नेवार समुदायको अति पिछडिएका जाती पुतुवार, नगरकोटी एवं राजबाहकहरुको वाहुल्यता रहेको र यी जातीका व्यक्तिहरुले साधारण शिक्षा समेत प्राप्त गर्न नसकेको हुँदा जनचेतनाको अभावका कारण विद्यालयसँग आवश्यक पर्ने साधारण कुराहरुमा पनि सहभागि हुन र आफ्नो विचार राख्न नसक्ने भएको हुँदा विद्यालयको रसमुदायको सम्बन्ध जति हुनु पर्ने हो त्यो बनाउन विद्यालयलाई ज्यादै अप्ठ्यारो पररिहेको अवस्था छ ।
यस विद्यालयको सेवा क्षेत्र अन्तर्गत का.म.न.पा. १५ ,१६ वडा नागार्जुन न.पा. वडा नं. १,२,३,४,५,६ पर्दछन् । यस क्षेत्रमा वसोवास गर्ने आर्थिक हिसावले विपन्न वर्ग र अरुको घरमा बाल श्रमिकका रुपमा बस्ने बालबालिका पर्दछन् । ती बालबालिकाहरुलाई लक्षित गरी स्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य अनुरुप संचालित सार्वजनिक विद्यालयले आफ्नो कार्य क्षेत्र भित्रको कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट बन्चित हुन नपरोस भन्ने लक्ष्य लिई त्यस अनुरुप कार्य गर्दै आएको छ ।
हल्चोक माध्यमिक विद्यालयमा मेरा छोराछोरीलाई भर्ना गरेपछि मैले उनीहरूमा आएको सकारात्मक परिवर्तन प्रत्यक्ष महसुस गरेको छु। यहाँको सबैभन्दा सबल पक्ष भनेको आधुनिक प्रविधिको प्रयोगद्वारा प्रदान गरिने व्यवहारिक एवं शीपमूलक शिक्षा हो। स्मार्ट क्लास र कम्प्युटर ल्याबको सुविधाले गर्दा हाम्रा बालबालिकाले सहरका ठूला विद्यालय सरहकै गुणस्तरीय शिक्षा आफ्नै समूदायमा पाउन सकेका छन्। संस्कार सिकाउने र भविष्य निर्माण गर्ने यो विद्यालय साँच्चै नै यस क्षेत्रकै गौरव हो।
नागार्जुन–३, हल्चोक, काठमाडौँमा अवस्थित हल्चोक माध्यमिक विद्यालय, आधुनिक प्रविमैत्री एक प्रतिष्ठित विद्यालय हो। हामी हाम्रा विद्यार्थीहरूलाई व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष एवं चरित्रवान् नागरिक बनाउन समर्पित छौँ।
© 2026 Halchowk Secondary School