आदरणीय अभिभावक, प्यारा विद्यार्थी तथा शिक्षाप्रेमी महानुभावहरू,
काठमाडौँ नागार्जुन–३, हल्चोकमा अवस्थित यस ऐतिहासिक र प्रतिष्ठित हल्चोक माध्यमिक विद्यालयको डिजिटल मञ्च (Website) मा यहाँहरूलाई स्वागत गर्न पाउँदा हामीलाई खुसी लागेको छ। यो वेबसाइट विद्यालय र समुदायलाई प्रविधिमार्फत जोड्ने एउटा महत्त्वपूर्ण कडी हो।
यो वेबसाइट विद्यार्थीहरुको सिकाइको साथी बन्ने अपेक्षा गरिएको छ। यहाँबाट उनीहरूले विद्यालयका सूचना, शैक्षिक सामग्री, परीक्षाको नतिजा र विभिन्न अतिरिक्त क्रियाकलापका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन्। विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि यो वेबसाइट एक साझा मञ्च बन्नेछ। साथै आफ्ना बालबालिकाको शैक्षिक प्रगति र विद्यालयका गतिविधिहरूलाई घरमै बसेर नजिकबाट नियाल्न अभिभावकहरुलाई यो वेबसाइटले मद्दत गर्नेछ। साथै विद्यालयबाट प्रकाशित हुने सूचना तथा जानकारीहरु एवं विद्यालका गतिविधिहरुको पहूँच विश्वव्यापी बनाउन समेत यस वेबसाइटले महत्वपूर्ण भूमिका खेल्नेछ
नागार्जुन–३, हल्चोक, काठमाडौँमा अवस्थित हल्चोक माध्यमिक विद्यालय, आधुनिक प्रविमैत्री एक प्रतिष्ठित विद्यालय हो। हामी हाम्रा विद्यार्थीहरूलाई व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष एवं चरित्रवान् नागरिक बनाउन समर्पित छौँ।
© 2026 Halchowk Secondary School