९८५१२१८८३०
halchowksecschool@gmail.com
भाषा चयन गर्नुहोस् :
  • Computer Lab

हलचोक माध्यमिक विद्यालय
मा यहाँलाई स्वागत छ ।

हामी तपाईंलाई यस हल्चोक माध्यमिक विद्यालयको वेबसाइटमा स्वागत गर्दछौँ, हामी आशा गर्दछौं कि तपाईले खोजिरहनु भएको सबै जानकारी यस भित्र पाउनुहुनेछ र वेबसाइटले तपाईलाई हाम्रो विद्यालयको बारेमा पर्याप्त जानकारी दिनेछ। हामी उच्च गुणस्तरको शिक्षा प्रदान गर्न विद्यालयमा निरन्तर प्रयास गर्छौं ।

६३

वर्ष देखि सेवामा

उत्कृष्ट सामूदायिक विद्यालय

के तपाईं हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ ?

९८५१२१८८३०

सम्पर्क गर्नुहोस्

प्रधानाध्यापकको कलमबाट

२१ औ शताब्दी विज्ञान प्रविधिको युग भएकोले शिक्षणमा प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकता महसुस गरी नवीनतम शिक्षण प्रविधिलाई शिक्षण सिकाई कार्यमा प्रयोग गरी पठनपाठन सञ्चालन गरिएको छ । ज्ञान सीपको खोजीका गागि इन्टरनेट, इ पुस्तकालय र विभिन्न वेभसाइटको प्रयोग गपर्न सकिने अवस्था रहेको छ । यस्तो सन्दभृमा विद्यालयले वेभसाइट मार्फत सार्वजनिक गर्न पाउँदा सबैमा खुसी र आभार व्यक्त गर्न चाहन्छ ।
विद्यालय स्थापनाकाल देखि हालसम्म प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग पुर्याउँदै आउनु भएका जगगादाता, चन्दादाता, संस्थापक, वि.व्य.स., शि.अ.स. पदाधिकारी एवं शिक्षक कर्मचारी, विद्याथएि एवं अभिभावक वर्ग सबैमा समयानुकुल परिवर्तन हुँदै विद्यालयको चौतर्फी विकासमा लाग्न आग्रह गर्दै यो वेभसाइट निर्माण गर्न सहयोग गर्ने हाम्रा भाई नरेश ढकाललाई विशेष धन्यबाद एवं आभार व्यक्त गर्दछु । यो वेभसाइट मार्फत विद्यालयका सम्पूर्ण शैक्षिक एवं व्यवस्थापकीय, शिक्षक तथा विद्यार्थीहरुका नवीनतम सिर्जनाहरु समेत प्रकाशित गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

धन्यवाद ।

News and Events

सहायक प्रधानाध्यापक (सूचना अधिकारी)

आज म आफू यस विद्यालयको सहायक प्रधानाध्यापको पदमा रही यस विद्यालयको सम्पूर्ण जानकारी समेटेर विद्यालयको आफ्नै Website सञ्चालन गर्न पाउँदा आफूलाई ज्यादै नै भाग्यमानी ठानेको छु । यस Website मार्फत विद्यालयका सूचना तथा जानकारी विश्वभर रहेका सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरु समक्ष पुग्ने भएकाेले विद्यालयले थप सल्लाह, सुझाब र सहयोग प्राप्त गर्ने सम्भावनाहरुमा समेत स्वत: वृद्धि भएको छ । साथै विद्यार्थीहरुको लागि इ-पुस्तक, अडियो पुस्तक, भिडियो पुस्तक लगायतका अत्यावश्यक विद्युतीय शैक्षिक सामग्रीहरु तथा विद्यालयमा सञ्चालन हुने विभिन्न परीक्षाहरुको नतिजा समेत यसमा राखिने हुदा शैक्षिक गतिविधिहरु अझै प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ । यसमा कुनै त्रुटी देख्नुभएमा वा विषयवस्तुहरु थप गर्नुपर्ने लागेमा Website मा उल्लेखित फोन नम्बर वा इमेल मार्फत हजुरको अमूल्य सल्लाह सुझाब प्रदान गरिदिनुहुन अनुरोध गर्दछु ।